धनगढीको एक नास्ता पसलमा आगलागी

Dadeldhura hospital

धनगढी- धनगढीको एक नास्ता पसलमा आगलागी भएको छ । बिहिवार धनगढी उपमहानगरपालिका वडा नम्बर २ वेस्टर्न कलेज अगाडि रहेको नास्ता पसलमा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार राकेश शर्माले सञ्चालन गरेको नास्ता पसलमा ग्याँल लिक भएर आगो लागेको हो । आगलागीबाट फ्रिज, टेबुल, कुर्सी लगायतका सामान जलेका छन् । प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

Loading...