कांग्रेस पार्टी कार्यालय निर्माणको काम रोक्न एमाले गोदावरीको माग

अत्तरिया- नेकपा एमाले गोदावरी नगर कमिटीले वीपी स्मृति नेपाली कांग्रेस क्षेत्र नम्बर ४ को पार्टी कार्यालय निर्माणको काम रोक्न माग गरेको छ । एमालले नगर कमिटीले अवैधानीक तवरले निर्माण भइरहेको पार्टी कार्यालको काम अबिलम्ब स्थगन गर्न माग गरेको हो ।

नगर कमिटीका अध्यक्ष गोकर्ण भट्टले एक प्रेस विज्ञप्ती जारी गर्दै वन क्षेत्र अतिक्रमण गरेर पार्टी कार्यालय स्थापना गर्न खोज्नु अराजनैतिक, अमर्यादित तथा कानुन बनाउने व्यक्तिद्धारा कानुनको ठाडो उल्लघन भएको उल्लेख गरिएको छ ।

Navadurga sun
Godawari sandesh

विज्ञप्तीमा चौकीडाँडामा टहरा भत्काएको र पार्टी कार्यालय स्थापना गरिएको घटनाको चौतर्फि विरोध भइरहदा उल्दै धम्की पूर्ण भाषा प्रयोग गर्नु लोकतन्त्रको उपहास भएको उल्लेख गरिएको छ ।

Dadeldhura hospital

‘राज्यको सम्पत्तिको रुपमा रहेको वन क्षेत्र अतिक्रमण गरेर पार्टी कार्यालय स्थापना गर्न खोज्नु अराजनैतिक, अमर्यादित तथा कानुन बनाउने व्यक्तिद्वारा कानुनको ठाडो उल्लंघन गरेको देखिन्छ ।

यस्ता गैर कानुनी तथा अवैधानिक रुपमा वन अतिक्रमणको सत्यतथ्य समाचार सम्प्रेषण गर्ने राज्यको चौथो अंगका रुपमा स्थापित तथा विभिन्न परिवर्तनका आन्दोलनमा अत्यन्तै महत्वपूर्ण भूमिका निभाएको प्रेस जगतलाई समाप्त पार्ने असिष्ट र अमर्यादित अभिव्यक्तीको घोरनिन्दा तथा भर्त्सना गर्दछौं’ विज्ञप्तीमा भनिएको छ ‘२०८० बैशाख १९ गते गोदावरी नगरपालिका वडा नं. ३ स्थित अव्यवस्थित तथा सुकुम्बासीहरुको झुपडीमा डोजर चलाउने र २०८० बैशाख २१ गते माननीय ज्यू नै वन अतिक्रमण गरी पार्टी कार्यालय शिलान्यास गर्ने जस्ता कार्यको गोदावरी बासी लगायत सम्पूर्ण आम नागरिकबाट विरोध आइरहदा जनताको कुरा सुनेर समस्या समाधान गर्नुको साटो विभिन्न कार्यक्रमहरुमा हाम्रो पार्टी नेकपा एमालेका नेताहरुलाई तल्लो तहमा गिरेर अमर्यादित, असभ्य, स्तरहिन, निक्रिष्ट, अप्रसंग शब्द प्रयोग गर्दै धम्की पूर्ण भाषा प्रयोग गर्नुले माननीय पदको मर्यादामाथि प्रश्न चिन्ह खडा हुनुका साथै लोकतन्त्रको समेत उपहास गरिएको छ ।’

विज्ञप्तीमा वास्तविक सुकुम्बासीहरुको न्यायोचित व्यवस्थापन गर्न पनि माग गरिएको छ ।

Loading...