कैलालीको अत्तरियामा स्मार्ट वाटर प्रविधि कार्यशाला गोष्ठी सम्पन्न

अत्तरिया, १७ बैशाख- कैलालीको अत्तरियामा स्मार्ट वाटर प्रविधि कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कैलालीको अत्तरियामा रहेको नमस्ते होटलमा दियालो टेक्नोलोजिज प्रा.लि.को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । त्यस्तै कार्यशाला गोष्ठीमा सुदूरपश्चिमका करिब ५०/५२ वटा संस्था हरुको सहभागीता रहेको थियो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

त्यस्तै दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई आवश्यक पर्ने सफ्टवेयरहरु निर्माण गर्दै आएको छ । दियालोले मिटर रिडिङ्ग मोबाईल एप, बिलिङ्ग व्यवस्थापन, एसएमएस प्रणाली, अनलाइन भुक्तानी, लेखा प्रणाली, जिन्सी व्यवस्थापन, मानव संशाधन व्यवस्थापन प्रणाली, एन.आर.डब्लु : (पानी चुवाहट विश्लेषण) प्रविधि, ल्याव व्यवस्थापन प्रणाली, पम्प कन्ट्रोल प्रणाली, ग्राहक गुनासो व्यवस्थापन, भूमिगत पानीको तह विश्लेषण, मोबाईल एप्लीकेशन, इलेक्ट्रो म्याग्नेटिक फ्लोमिटर, ट्याङ्कीको पानी तह मापन प्रविधि जस्ता प्रणालीहरुको विकास गरेको छ ।

यी प्रणाली नेपालमा खानेपानी क्षेत्रलाई अन्तराष्ट्रिय स्तरको बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा समेत गरिएको छ ।

 

Loading...