मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

भरतपुर– चितवनमा मोटरसाइकलको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–२८ साझापुरमा मोटरसाइकलको ठक्करबाट स्थानीय ५५ वर्षीय जलवा महतोको मृत्यु भएको हो।

Dadeldhura hospital

बिहीबार राति ना २२ प ६८०० नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका महतोलाई ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका महतोको भरतपुर अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।

Navadurga sun
Godawari sandesh

मोटरसाइकलका चालक भरतपुर महानगरपालिका– २७ का ३४ वर्षीय शिवनारायण महतो पनि घाइते भएका छन्। उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

Loading...