

मोरङ- मोरङको विराटनगर महानगरपालिका १ स्थित नोबेल डेरी चोक इलाकाबाट सशस्त्र प्रहरीले करिब १ सय २० किलो गाँजासहित गाडी नियन्त्रणमा लिएको छ।



मंगलबार इटहरीबाट बिराटनगरतर्फ जाँदै गरेको बी.आर ११ भी ७६४५ नम्बरको भारतीय स्कारपियो गाडीलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मोरङ्गले गाँजासहित नियन्त्रणमा लिएको हो।


सशस्त्र प्रहरीले गाडी रोकेपछि चालक भने फरार भएका छन्। सशस्त्र प्रहरीले नियन्त्रणमा लिईएको गाँजा र गाडी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाएको छ ।