कृष्णपुर नगरपालिकाका १३ माध्यमिक विद्यालयमा बाल उद्दान जडान गरिदै

अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेका १३ वटै माध्यमिक विद्यालयमा बाल उद्दान (प्ले स्टेसन) जडान गरिने भएका छन् । प्ले ग्रुपका बालबालिकालाई मध्यनजर गर्दै यसै शैक्षिकसत्रबाट बाल उद्दान (प्ले स्टेसन) जडान हुने नगरप्रमुख हेमराज ओझाले बताए ।

Dadeldhura hospital

पछिल्लो समय सार्वजनिक विद्यालयलाई अभिभावकले हेर्ने दृष्टिकोण फरक बनाएको भन्दै सार्वजनिक विद्यालयप्रती आकर्षण बढाउन नयाँ अभ्यासको थालनी गर्न लागिएको नगरप्रमुख ओझा बताए । ओझाले भने, ‘सरकारी विद्यालयमा सरकारले पर्याप्त लगानी लगाएको छ, बर्सेनि करोडौं बजेट थप खर्च हुन्छ तरपनि किन नतिजा सन्तोषजनक आउँदैन त्यही अवस्था हेरेर जग नै बलियो बनाउने गरि विभिन्न योजना सहित नगरपालिका लागिपरेको छ ।’

Navadurga sun
Godawari sandesh

यसै शैक्षिकसत्रबाट लागू हुने गरि नगरपालिकाले प्ले ग्रुपदेखि कक्षा तीनसम्मका बालबालिकाको सृजनात्मक क्षमता अभिवृद्धि गर्न आफ्नै चित्रात्मक रंगीन पाठ्यपुस्तक समेत तयार गरिएको नगरप्रमुख हेमराज ओझाले बताए ।

संस्थागत विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढ्ने तर किन सार्वजनिक विद्यालयमा विद्यार्थी पढ्न नमान्ने अभिभावक भर्ना गर्न नमान्ने त्यो चिर्न पनि आफू लागिपरेको बताए । नगरप्रमुख ओझाका अनुसार यस पटक नगरका १३ माध्यामिक विद्यालय र अर्कोपटक आधारभूत तहमा नगरपालिकाले तयार गरेको अभ्यास पुस्तिका (वर्क बुक) प्रयोगमा ल्याइनेछ ।

Loading...