

अत्तरिया, १ बैशाख- कैलालीको गोदावरी स्थीत कुखुराको खोरमा जुवा खेल्ने पक्राउ परेका छन् । कैलालीको गोदावरी वडा नम्बर ७ मा जुवातास खेलिरहेको अबस्थामा सात जनालाई पक्राउ गरेको कैलाली प्रहरीले जनाएको छ ।



गोदावरी वडा नम्बर ७ मा एक कुखुरा खोरबाट उनिहरुलाई प्रहरीले विशेष सुचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालीका ७ का ७० टिका बम, सोही ठाउँका २३ बर्षिय गणेश कठायत, ५२ बर्षिय दिर्घ भुल, ३६ बर्षिय राम बहादुर कठायत,४१ बर्षिय बिर बहादुर जोरा, २१ बर्षिय हिमाल बहादुर बम र डोटी जोरायल गाउँपालीका ४ का ४८ बर्षिय दिपक कलेल रहेका छन् ।


साथै प्रहरीले उनिहरुको साथबाट १५ हजार ५ सय नगद समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले बताए । उनिहरुलाई मालाखेती प्रहरी कार्यालय मा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।





