नेकपा एमाले सुदूरपश्चिम कमिटीले शुभकामना आदानप्रदान कार्यक्रम सिस्नु लगाइदिएर मनायाे

धनगढी, १ बैशाख-  नेकपा एमाले सुदूरपश्चिम कमिटीले २०८० सालको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेकाे छ । उक्त शुभकामना कार्यक्रम सिस्नु लगाएर मनाइएकाे हाे । साेही अवसरमा नेकपा एमाले सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टलाई एमालेका उपाध्यक्ष बिष्णु पौडेलले सिस्नु लगाएका छन् । नेकपा एमाले सुदुरपश्चिम कमिटीले २०८० सालको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रममा उपाध्यक्ष पौडेलले सिस्नु लगाएका हुन् ।

Dadeldhura hospital

सुदूरपश्चिम प्रदेशमा नयाँ बर्षमा मौलिक पर्व बिंशु पनि मनाइने गरिएको छ । आज देखी बिक्रम संबत २०८० साल सुरु भएको छ। नेकपा एमाले सुदूरपश्चिम कमिटीले २०८० सालको अबसरमा धनगढीमा शुभकामना आदानप्रदान गरेको हो । प्रदेश कमिटीका अध्यक्ष दामोदर भन्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एमालेका उपाध्यक्ष बिष्णु पौडेल रहेका थिए ।

Navadurga sun
Godawari sandesh

सोही अबसरमा सुदूरपश्चिम प्रदेश को मौलिक पर्व बिंशु पनि मनाउँदै प्रमुख अतिथि पौडेलले पार्टी सचिब लेखराज भट्टलाई सिस्नु लगाएर कार्यक्रमको शुभारम्भ गरेका थिए । त्यसपछि सबै नेताहरुले एक अर्कालाई सिस्नु लाउँदै शुभकामना आदानप्रदान गरेका हुन ।

त्यस्तै कार्यक्रममा पा पार्टी स्थायी कमिटी सदस्य कर्ण थापा, पोलिटबुरो सदस्य राजेन्द्र सिँ रावल, नारद मुनि राना, निरु पाल, लिला भन्डारी लगायतका अगुवा नेता कार्यकर्ता को सहभागिता रहेको थियो । पार्टी भित्रका असमझदारी गुट्बन्दी नगर्न प्रेरणा दिन सिस्नु लगाएर सांकेतिक कार्यक्रम गरिएको पार्टी सचिब लेखराज भट्टले बताए । उनका अनुसार अब आज कै दिन देखि पार्टी भित्र गुटबन्दी नगर्न सबैलाई प्रेरित गरिएको हो ।

Loading...