


धनगढी– सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा एसइई परीक्षा दिएर घर फर्किरहेका चार जना विद्यार्थीमाथि कुटपिट भएको छ । धनगढी उपमहानगरपालिका-१९ को फूलवारी माध्यमिक विद्यालयमा एसइई दिएर घर फर्किरहेका फूलबारीकै रमेश भण्डारी, जीवन भण्डारी, क्रिस मगर र सागर भण्डारीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले कुटपिटबाट धनगढी उपमहानगरपालिका-१४ बस्ने चार जना विद्यार्थीमाथि कुटपिट भएको जानकारी पाएपछि प्रहरीले संलग्नलको खोजी थालेको जानकारी दिए । उनका अनुसार फूलबारीकै युवाका एक समूहले विद्यार्थीमाथि कुटपिट गरेको हो ।


कुटपिटबाट चारै जनाको टाउकोमा चोट लागेको छ भने उनीहरूको धनगढीस्थित सिटी अस्पतालमा उपचार भइरहेको छ । उनीहरूमाथि कुटपिट गरिनुको कारण भने खुलेको छैन ।





