कृष्णपुरमा एमालेका सदस्य योगी माथि कुटपिट, कारवाहीको माग

Dadeldhura hospital

धनगढी– कृष्णपुर नगरपालिका–२ मा नेकपा एमालेका वडा कमिटीका सदस्य प्रकाश नाथ योगी माथि कुटपीट गरिएको भन्दै एक प्रेस विज्ञप्ती जारी गर्दै कारवाहीको माग गरिएको छ।

एमाले कृष्णपुर नगरकमिटीले प्रेस विज्ञप्ती जारी गर्दै कृष्णपुर नगरपालिका वडा नम्बर–२ का वडा अध्यक्ष अर्जुन साउदले योगी माथि कुटपिट गरेकोले कारवाही गर्न माग गरिएको छ। विज्ञप्तीमा कृष्णपुर नगरपालिकाका नगर प्रमुख श्री हेमराज ओझाकै उपस्थितिमा वडा अध्यक्ष साउदले हातपात गरेको उल्लेख गरिएको छ।

Loading...