दार्चुलामा जेठ ३० गते सम्मका लागि निषेधाज्ञा लम्बियो

दार्चुला- जिल्लामा निषेधाज्ञा चौथौ पटक थप गरिएको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र दार्चुलाको मंगलबार (आज) बसेको बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रणको कार्यलाई थप प्रभावकारी बनाउन १० दिनका लागि निषेधाज्ञा थप गर्न सिफारिस गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र दार्चुलाको सिफारिस अनुसार जेठ ९ गते प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशीले जेठ २० गते सम्मका लागि जारी गरेको निषेधाज्ञा आदेशको अवधि ३० गते राती १२ बजे सम्मका लागि थप गर्ने निणर्य भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। जिल्लामा कोभिड १९ रोकथाम तथा नियन्त्रणको कार्थ थप प्रभावकारी बनाउन चौथौ पटक निषेधाज्ञा जारी गरिएको संकट व्यवस्थापन केन्द्र दार्चुलाले जनाएको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यस अघि गत वैशाख २५ गतेदेखि ३१ गतेसम्मका लागि पहिलो पटक निषेधाज्ञा जारी गरिएको थियो। बैशाख ३० गते दोस्रो पटक जारी गरिएको निषेधाज्ञाको अवधि जेठ १० गते मध्यरात सम्म कायम छँदै कार्यालयले जेठ ९ पुन थप गरेर यहि जेठ २० गते सम्मलाई थप गरेको थियो।

चौथोे पटक जारी निषेधाज्ञा जेठ २० गते मध्यरासम्म कायम रहको भएपनि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र दार्चुललाको आज बसेको बैठकले पुन निषेधाज्ञा थप गर्ने निणर्य गरेको प्रजिअ सिद्ध राज जोशीले जानकारी दिए। जिल्लामा कोभिड-१९ सङ्क्रमणको जोखिम कायम नै रहेको हुँदा भिडभाड र हिँडडुल रोक्न निषेधाज्ञाको अवधि थप गरिएको उनले बताए।

यस अवधिभर सार्वजनिक यातायातका साधन, होटल, हाटबजार सञ्चालन नहुने र घुमफिर र भेला जमघट केही गर्न नपाउने गरी रोक लगाइएको छ। अत्यावश्यक सामग्री आपूर्ति गर्ने साधन (अस्पताल, औषधि पसल, दूध, खाने पानी, खाद्यान्न आपूर्ति गर्ने साधन, एम्बुलेन्स, शववाहनसहित अत्यावश्यक सेवा) भने सञ्चालन हुने स्पष्ट पारिएको छ। जिल्लामा निषेधाज्ञा जारी अवधिमा पनि कोभिड-१९ सङ्क्रमण र मृत्यु हुने क्रम नरोकिएपछि निषेधाज्ञा थप गरिएको हो।
निषेधाज्ञा अवधिमा भारतसँगका नाका पूणर् बन्द गरिएका छन्। निषेधाज्ञाको कुनै पनि बहानामा अवज्ञा सह्य नहुने जिल्ला प्रशासनले स्पष्ट पारेको छ। पूर्वजानकारी बिना कुनै जरुरी काम देखाएर हिँडडुल गर्ने जोसुकैलाई तत्काल सुरक्षाकर्मीले नियन्त्रणमा लिई कारवाही गरिने प्रजिअ जोशीले जानकारी दिए।

कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र, जिल्लास्थित राजनीतिक दल र सामाजिक एवं स्वास्थ्य क्षेत्रमा कार्यरत सङ्घ संस्थाका प्रतिनिधिको सिफारिसमा चौथो पटक जिल्लामो निषेधाज्ञा थप गरेको जनाएको छ। हाल सम्म कोरोनाको दोस्रो लहर सुरु भएता जिल्लामा ३ जना महिला सहित ११ जनाको कोरोना संक्रमण कारण मुत्यु भएको छ।

Loading...