सुदूरपश्चिममा क्षयरोग प्रयोगशालाको स्तरोन्नति

महेन्द्रनगर- औषधि प्रतिरोधक क्षयरोग ९डिआरटिबी० का बिरामीको सङ्ख्या बढ्न थालेपछि सुदूरपश्चिम प्रदेशमा प्रयोगशालाको स्तरोन्नतिलाई पनि गति दिइएको छ ।

लामो समयदेखि यहाँ क्षयरोगका बिरामीको सेवा पाइरहेको भए पनि पछिल्लो समय मुलुकमै जटिल खालका क्षयरोगका बिरामीको सङ्क्रमण दर बढ्न थालेपछि त्यसको स्तरीय जाँचका लागि डडेल्धुरा र कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालबाट डिआरटिबी एक्सपोर्ट सेवा सुरु गरिएको छ ।

Navadurga sun
Godawari sandesh

“डिआरटिबी एक्सपोर्ट सेवा नहुँदा सुदूरपश्चिमबाट नमूना सङ्कलन गरेर काठमाडौँ जाँच गराउनुपर्ने अवस्था थियो”, क्षयरोग नियन्त्रण कार्यक्रम सुदूरपश्चिम प्रदेशका सम्पर्क व्यक्ति ईश्वरीप्रसाद भुसालले भने “डिआरटिबी एक्सपोर्ट डिआर सेवा सुरु भएपछि अब बिरामीले छरितो सेवा पाउनेछन् ।”

डडेल्धुरामा दुई महिनाअघि उक्त सेवा विस्तार गरिएको जनाउँदै क्षयरोग नियन्त्रण सुदूरपश्चिमका सम्पर्क व्यक्ति भुसालले महाकाली अस्पतालमा पनि मङ्गलबारदेखि सो सेवा सञ्चालनमा आएको बताए ।

Dadeldhura hospital

“कैलालीमा पनि उक्त सेवा लक्ष्मीनारायाण क्षयरोग रिफरल अस्पतालबाट दिने तयारी छ”, उनले भने “अब क्षयरोगको औषधि सेवनकर्तालाई औषधिले गरिएको प्रभावबारे सहजै पत्ता लगाउन सहज भयो ।”

डिआरटिबी एक्सपोर्ट सेवाबाट जाँच तथा बिरामीलाई निःशुल्क उपचार हुनेछ । “क्षरोगका बिरामीलाई औषधि चलाउन पनि यो सेवा विस्तारले सहज भयो”, भुसालले भने, “विश्वकै नयाँ प्रविधि हो, औषधि प्रतिरोधात्मक क्षयरोगी राष्ट्रियरूपमै बढेका छन् ।”

सो सेवा सञ्चालनमा आएसँगै क्षयरोग नियन्त्रणमा समेत प्रभावकारी ढङ्गले अघि बढ्ने महाकाली प्रादेशिक अस्पतालका ल्याब टेक्निसियन रमेशचन्द्र ओझाले बताए । “क्षयरोगका बिरामीको औषधिले काम गरे÷नगरेको विषय परीक्षण प्रयोगशालामा हुन्छ”, उनले भने“ नियमित औषधिले निको हुने र औषधिले निको नहुने अवस्थाबारे पनि अब थाहा पाउन सहज हुन्छ ।”

यसअघि महाकाली अस्पतालमा क्षयरोगको ‘रिफामपिसिन’ नामक औषधिको उपयोगिताबारे यहाँको प्रयोगशालामा जाँच हुँदै आएको थियो । महाकाली अस्पतालमा दैनिक दैनिक १५ देखि २० जना क्षयरोग जाँचका लागि आउने गरेको ओझाको भनाइ छ ।

“चालु आर्थिक वर्षमा ७२ जनाले महाकालीबाट निःशुल्क औषधि सेवन गरिरहेका छन्”, उनले भने “मासिक २० देखि २५ जनामा क्षयरोगको सङ्क्रमण पुष्टि हुँदै गएको छ ।” अस्पतालका अनुसार राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरको पहलमा यहाँ डिआरटिबी एक्सपोर्ट सेवा सञ्चालनमा आउन सकेको हो । रासस

Loading...