आगलागीमा परेर ६ महिने शिशुको मृत्यु

रौतहट – रौतहटमा आगोमा परेर ६ महिने शिशुको मृत्यु भएको छ। मंगलबार साँझ राजदेवी नगरपालिका ४ वसन्तपुर गडहियाका भिखर राउतको घरमा भएको आगलागीमा परेर ६ महिने बालिकाको मृत्यु भएको हो।

Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अचानक भएको आगलागीमा परेर सो घरमा सुतिरहेकी भिखर राउतको ६ महिनाकी छोरी सिल्फी राउतको जलेर मृत्यु हो। राउतको घरबाट छानाबाट सल्किएको आगोले छिमेकी रामकिसुन साह र सुजय साहको घर पनि जलेर नष्ट भएको छ।

Navadurga sun
Godawari sandesh

आगलागीबाट राउतको घर तथा अन्न लत्ताकपडा गरी १ लाख तथा छिमेकीहरूको ५०–५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ। आगलागीको कारण खुल्न सकेको छैन। सो घटना लगतै गौर नगरपालिकाबाट गएको वारुण यन्त्र, गाउँले तथा प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

Loading...