कञ्चनपुरमा एक वरिष्ठ सई मृत फेला

Dadeldhura hospital

धनगढी- कञ्चपुरमा एक प्रहरी अधिकारी मृत फेला परेका छन्। आइतबार राति भीमदत्त नगरपालिका–१५ शारदा टोलका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लक्ष्मण चन्द मृत फेला परेका हुन्।

चन्द महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयमा कार्यरत थिए। उनी कार्यरत कार्यालय स्रोतका अनुसार राति घरमै झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो। अहिले घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navadurga sun
Godawari sandesh
Loading...