कञ्चनपुरको बेदकोट नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता समापन, उपाधी बैजनाथ मावि जडेपानीलाई





कञ्चनपुर, २९ माघ- कञ्चनपुरको बेदकोट नगरपालिकाको नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता समापन भएको छ । बेदकोट नगरपालिकाको आयोजनामा शुक्रबारदेखी भएको १३ औँ राष्ट्रपति रनिङ्ग शिल्ड एवं तेस्रो पालिका स्तरिय प्रतियोगिता आइतबार सम्पन्न भएको हो ।



त्यस्तै बेदकोट नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बैजनाथ माध्यमिक विद्यालय जडेपानीले हात पार्न सफल भएको छ । उसले २३ स्वर्ण, ११ रजत र ११ कास्य सहित उपाधि जितेको हो । बैजनाथ माविले रनिङ शिल्डमा सहभागी १६ विद्यालयलाई पछि पार्दै प्रथम स्थान हासिल गर्न सफल भएको हो ।
त्यस्तै ५ स्वर्ण, ९ रजत र ५ कास्य सहित रत्न माध्यमिक विद्यालय चतहरीले दोश्रो स्थान हात पार्न सफल भएको छ भने ४ स्वर्ण, ३ रजत र ६ कास्य सहित भुवनेश्वरी मावि सिसैयाले तृतीय स्थान हात पार्न सफल भएको हो ।


बेदकोटका मेयर भोजराज बोहराको अध्यक्षतामा समापन कार्यक्रममा प्रतियोगितामा विजयी विद्यालय र विद्यार्थीलाई ट्रफी, पुरस्कार, प्रमाण पत्र प्रदान गरिएको थियो ।




