बैजनाथ सुडा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको चौथो वार्षिक साधारणसभा सम्पन्न

कञ्चनपुर- बैजनाथ सुडा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार बैजनाथ सुडा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष कणर् सिंह बिष्टको सभाध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा रहेका थिए ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि वडा नम्बर ९ का अध्यक्ष जनक सिह विष्ट, खानेपानी उपभोक्ता तथा सरसफाई डिभिजनका प्रतिनिधि प्राविधिक ना.सु. कृशन सिंह ठगुन्ना, अतिथि कार्यपालिका सदस्य पार्वती विष्ट, वडा सदस्य, राजनीतिक दल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुज्युहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा समाजसेवी, पत्रकार, संस्थाका उपभोक्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...