नेपाली सेनाले भन्यो – जहाज दुर्घटनामा बेपत्ता यात्रुको खोजी जारी छ

काठमाडौं- पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परी बेपत्ता भएका एक यात्रुको खोजी कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ। काठमाडौँबाट पोखराका लागि उडेको उक्त जहाज अवतरणका क्रममा दुर्घटनापछि हराइरहेका एक यात्रु अझै भेटिएका छैनन्। सेनाले खोज तथा उद्धार कार्य अझै जारी राखेको छ।

Ganyapdhura gau

कास्की जिल्ला सुरक्षा समितिको बैठकले माघ ७ गते नै दुर्घटनास्थलमा खटिएको खोज तथा उद्धार टोलीलाई फिर्ता गर्ने निर्णय गरे पनि हराइरहेका एक यात्रुको खोजी कार्य दैनिकरुपमा भइरहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

चालक दलका चारसहित ७२ यात्रु सवार उक्त विमान पोखराको नयाँ गाउँ नजिक सेती नदीको खोचमा खसेको थियो। विमान दुर्घटनाको खबर प्राप्त हुनासाथ खोज तथा उद्धार कार्यलाई प्रभावकारीरुपमा सञ्चालन तथा समन्वय गर्न उपरथी दीपक बानियाको नेतृत्वमा केन्द्र स्थापना गरी सहायकरथी सुदर्शन सिल्वाललगायत खटिएका थिए।

सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको सहकार्यमा फेला परेका शवलाई परीक्षणका लागि अस्पताल पुर्‍याउने र ब्लाक बक्सलगायत सामग्री नेपाल नागरिक प्राधिकरणलाई हस्तान्तरण गरेको थियो। संयुक्त टोलीले खोज तथा उद्धारको क्रममा दुर्घटनामा परेका ७१ जनाको शव फेला पारेको थियो।

दुर्घटनास्थल खोच र कठिन भौगोलिक अवस्थाका कारण शव जल्नुका साथै टुक्रिएर छरिएकाले सङ्कलन र उद्धारका लागि विपद् व्यवस्थापनसँग सम्बन्धित विशेष फौज परिचालन गरिएको थियो। रासस

Loading...