कञ्चनपुरमा अबैध काठ बरामद

कञ्चनपुर– कञ्चनपुरमा अबैध काठ बरामद गरिएको छ । बुधबार बिहान ११ बजेको समयमा कञ्चनपुर पुनर्बास नगरपालिका वडा नं. ११ अमरबस्ती स्थित कालोपुल नजिकबाट अबैध काठ बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ । प्रहरी टोलीले साल जातको काठको १२ गोलीया थान ४५ क्युफिटको अबैद्य काठ बरामद गरेको हो ।

Dadeldhura hospital

कञ्चनपुरको पुनर्बास नगरपालिका वडा नं. ११ अमरबस्ती स्थित कालोपुल नजिक बिन्दबासिनी मन्दिर देखि मदन टोल जोड्ने भित्री पक्की सडक किनारमा बेवारिसे अवस्थामा काठ रहेको सुचना प्रहरीलाई प्राप्त भएको थियो ।

Navadurga sun
Godawari sandesh

उक्त सुचनाको आधारमा प्रहरी निरीक्षक नरेश राज मल्लको कमाण्डमा खटीएको प्रहरी टोलीले उक्त काठ बरामद गरी आवश्यक कारवाहीको लागी सब डिभिजन वन कार्यालय कुण्डा पचकडिया परासन बुझाईएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सो बारेमा अनुसन्धान भैरहेको जनाएको छ ।

Loading...