वेदकोट नगरमा बहुप्राविधिक शिक्षालय सञ्चालन हुने

कञ्चनपुर- कञ्चनपुरको वेदकोट नगरपालिकामा बहुप्राविधिक शिक्षालय सञ्चालन हुने भएको छ। बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि नगरपालिकाले ऐनसमेत पारित गरेको छ। वेदकोट नगरका कार्यपालिका सदस्य पवन नेपालीले समयसापेक्ष प्राविधिक शिक्षाको माग र आवश्यकताअनुरूप नगरपालिकाले प्राविधिक शिक्षा सञ्चालनका लागि ऐन ल्याएको बताए।

कार्यपालिका सदस्य नेपालीले नगरपालिकाको १२औँ नगर सभाबाट बहुप्राविधिक शिक्षालय सञ्चालन तथा व्यवस्थापन ऐनसहित थप चार ऐन पारित गरिएको बताए। उनका अनुसार स्थानीय स्वास्थ्य सेवा ऐन, स्थानीय संघसंस्था दर्ता तथा नियमन ऐन र नगर प्रहरी ऐन, २०७९ पारित गरिएका छन्।

Navadurga sun

नगर सभामा समग्र वेदकोट नगरको समृद्धि र दिगो विकासका लागि योजना छनोट गरिएकोसमेत नगर कार्यपालिका सदस्य नेपालीले बताए। वेदकोट नगरप्रमुख भोजराज बोहराको अध्यक्षतामा भएको नगर सभामा उपप्रमुख तुलसी जोशीले विभिन्न योजना प्रस्तुत गरेकी थिइन्।

१० वडा रहेको वेदकोट नगरमा विद्यमान समस्या समाधान गर्दै समृद्ध नगरपालिका बनाउने नगर सभा सदस्यको संकल्प रहेको थियो।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...