ट्र्याक्टरबाट खसेर सहचालकको मृत्यु

Dadhaldhura pur

काठमाडौँ- पाल्पाको पूर्वखोला गाउँपालिका–३ कमेरेमा ट्र्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ। बुधबार साँझ निस्दी गाउँपालिकाबाट पूर्वखोला जाँदै गरेको लु ३ त ६२५९ नम्बरको ट्र्याक्टरबाट खसेर पूर्वखोला–३ भालकुनका २८ वर्षीय सेते सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

Ganyapdhura gau

ट्र्याक्टरको ट्रलीमा सवार सारुलाई एक्कासि सडकमा खस्दा सोही ट्र्याक्टरको बायाँतर्फको टायरले किचेर बुधबार साँझ ८ः३० बजे भएको दुर्घटनामा सारुको घटनास्थलमा नै मृत्यु भएको हो। ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

 

Couple
Loading...