तराईमा दिनभरजसो हुस्सु र कुहिरो लाग्ने, उच्च हिमाली क्षेत्रमा हिमपात

काठमाडौं- आज पनि तराईका अधिकांश भु-भागमा दिनभरीजसो हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले तराईका अधिकांश भु-भागमा आज पनि दिनभरि कुहिरो लाग्ने मौसमविद् विनु महर्जनले जानकारी दिइन्। महर्जनका अनुसार अझै केही दिन वर्षा हुने सम्भावना छैन।

‘तराईका अधिकांश भागमा हिजोजस्तै हुस्सु लाग्ने सम्भावना छ। कतै कतै घाम देखिएपनि न्यानो नहुनसक्छ’, उनले भनिन्, ‘अझै केही दिन यस्तै रहने देखिन्छ।’ काठमाडौं उपत्यकामा भने हल्का घाम लाग्नेछ। आज काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम ३.६ डिग्री सेल्सियस मापन गरिएको छ।

Navadurga sun

मौसमविद् महर्जनका अनुसार आज प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतस् सफा रहने छ। प्रदेश १ को हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ। महाशाखाकाअनुसार भोलि ९शुक्रबार० पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतस् सफा रहनेछ।

राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने छ । प्रदेश १ को हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका धेरै भू-भागहरूमा बाक्लो हुस्सुरकुहिरो लाग्ने र दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...