सुदूरपश्चिम प्रदेशभित्र ४२ बालिका बलात्कृत

अत्तरिया- सुदूरपश्चिम प्रदेशमा कलिलो उमेरमै बलात्कारको शिकार बन्ने क्रम बढेको छ । प्रहरीको तथ्यांक अनुसार सुदूरपश्चिमका ४२ जना बालिका बलात्कृत भएका छन् । आर्थिक वर्ष २०७५/७६ मा १० वर्षमुनिका सुदूरपश्चिम प्रदेशमा मात्रै २१ जना बालिका बलात्कारको शिकार भएका छन् ।

Dadeldhura hospital

आर्थिक वर्ष २०७६/०७७ मा सुदूरपश्चिममा ९ जना र चालु आर्थिक वर्षको पुससम्म १० वर्षमुनिका १२ जना बलात्कृत भएका छन् । उक्त तथ्यांक अनुसार अढाई वर्षमा सुदूरपश्चिमका तीन जना बालक (१० बर्षमुनीका) बलात्कारका पीडक अर्थात् बलात्कारी भएको देखिन्छ ।

godawari10 Mahila hinsa
Navadurga sun

त्यस्तै धनगढीमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउमा पर्नेमा जिल्लाको चुरे गाउँपालिका-४ बस्ने ४० वर्षीय नरेश देउवा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

देउवाले ती बालिकालाई ललाईफकाई होटलमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि प्रहरीले उनलाई धनगढी उपमहानगरपालिका-४ बसपार्कबाट पक्राउ गरेको हो । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...