गेटा मेडिकल कलेजमा ५० शय्याको कोभिड केयर सेन्टर सञ्चालनमा

अत्तरिया, ९ जेठ- कैलालीको गेटा मेडिकल कलेजको भवनमा कोभिड १९ केयर सेन्टर सञ्चालनमा आएको छ । कोरोनाका बिरामीको उपचारको लागि निर्माधिन गेटा मेडिकल कलेजको भवनमा बन्न लागेको आइसोलेसनमा सम्पुणर् सामग्री तयार भएसंग आइबार देखि सञ्चालनमा आएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

यस क्षेत्रका तिन वटा स्थानिय तहबाट स्वास्थ्यकर्मी खटिएका छन्, भने हाललाई ५० बेड तयार गरेर अक्सिजन समेत तयारी अवस्थामा राखिएको छ । गेटा मेडिकल कलेजलाई आइसोलेसन बनाउने संंघिय सरकारको निणर्य संगै २ हजार बेड क्षमतासम्म बनाउनका लागी तत्कालिन उधोग बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्ट आफै उपस्थित भएर निर्माण शुरु गर्न लगाएका थिए ।

   संघिय सरकारले अक्सिजनको जोहो गरेको छ भने, प्रदेश सरकारले थप जनशक्ती भर्ना संगै अन्य आवश्यक उपकरणका लागी बजेट उपलब्ध गराएको छ । साथै धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र गौरीगंगा नगरपालिकाले समेत केही उपकरण र जनशक्तीहरु खटाएका छन् । गोदावरी नगरपालिकाका प्रवक्ता तथा गेटा मेडिकल कलेज आइसोलेसनका सम्पर्क ब्यक्ती शर्मानन्द भट्टका अनुसार सुरुवाती अवस्थामा ५० शय्याको आइसोलेसन तयारी अवस्थामा रहेको जानकारी दिए ।

Dadeldhura hospital

आवश्यक जनशक्ति, अक्सिजन, उपकरणलगायतको तयारी भएको जानकारी दिदै प्रवक्ता भट्टले बिरामी आएको अवस्थामा आइबारदेखि नै सेवा सुरु गरिने बताए । यस्तै प्रवक्ता शर्माले आईसीयूमा राखिने प्रकृतिका बिरामीलाई भने सेती प्रादेशिक अस्पतालमा रेफर गरिने बताए ।

धनगढी उप महानगरपालिका, गोदावरी नगरपालिका र गौरिगंगा नगरपालिकाले आवश्यक करिब १५ जना स्वास्थ्यकर्मी खटाइसकेको छ । आज दिउँसो मात्रै तयार भएको आइसोलेसनमा बिरामी भर्ना नभइसकेपनि अस्पताल जानुपर्ने अवस्थाको बिरामीलाई उपचारका लागी आउन आग्रह गरिएको छ । अक्सिजन सहायताबाट उपचार गरिने बिरामीहरुलाई गेटा मेडिकल कलेजमा राख्ने र आइसियु, भेन्टिलेटरको सहायता आवश्यक परे सेती तथा मालाखेती अस्पताल पठाइने जनाइएको छ । हाललाई ५० बेडबाट शुरु गरिएको आइसोलेसन बिस्तारै बढाउँदै लैजाने जनाइएको छ । साथै आवश्यक जनशक्ती समेत थप हुने प्रक्रियामा छ ।

आइसोलेसनको स्वास्थ्य बिभाग हेरिरहेका गोदावरी नगरपालिका कैलालीका स्वास्थ्य साखा प्रमुख बिस्णु जोशीले १५ जना स्वास्थ्यकर्मी आइसोलेसनमा खटिसकेको बताए । उनले भने ‘हामीले यहाँ अक्सिजनको सहायतामा उपचार गर्नुपर्ने बिरामीको उपचार गर्नेछौँ बढी समस्या भएकाहरुलाई सेती प्रादेशिक अस्पताल तथा मालाखेती अस्पताल पठाउने छौँ ।’ उनले भने ‘हामीसंग जनशक्ती छ आउनुहोस उपचारका लागी बेड अभाव हुने छैन ।’ गेटा मेडिकल कलेजमा आइसोलेसन बनाउन पछिल्लो समय तिन तहकै सरकारको सहकार्य बढेसंगै आइसोलेसन सञ्चालनमा समेत हुन आएको छ ।

Loading...