कैलालीमा टिप्परकाे ठक्करबाट बालकको मृत्यु, राजमार्ग बन्द

धनगढी- कैलालीमा टिप्परले अटो रिक्सालाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको गोदावरी नगरपालिका-६ लालपुरमा बुधबार बिहान सुपप्र ०१००१ क २०२० नम्बरको टिप्परले सुपप्र०१००१ ह ४९१८ को अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा अटोमा सवार गोदावरी नगरपालिका-७ का ४ वर्षीय बालक भरत ठकुल्ला रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। ठकुल्लाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्युु भएको हो। उनकी आमा २९ वर्षीया पेन्टि ठकुल्ला घाइते छन्। उनको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ। अटो चालक २८ वर्षीय मोहन बोहरा समान्य घाइते छन्।

Navadurga sun

टिप्पर र चालक धनगढी उपमहानगरपालिका-७ बस्ने ४२ वर्षीय प्रदिप चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतिले नियन्त्रणमा लिएको छ।
घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन्। राजमार्ग अवरुद्ध गरेपछि सवारीसाधन चल्न सकेका छैनन्।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...