पत्रकारले रचनात्मक ढङ्गले जनता समक्ष प्रस्तुत हुनुपर्छ : मुख्यमन्त्री भट्ट

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समाजका यथार्थ विषयलाई पत्रकारले रचनात्मक ढङ्गले जनतासमक्ष प्रस्तुत गर्नुपर्नेमा जोड दिएका छन ।

Dadeldhura hospital

नेपाल पत्रकार महासङ्घ कैलाली शाखाको शनिबार धनगढीमा आयोजित १२ औँ साधारणसभाको उद्घाटन गर्दै उनले पूर्वाग्रही नभई यथार्थ विषयलाई रचनात्मक ढङ्गले समाचार बाहिर ल्याउनेतर्फ पत्रकारको ध्यान जानुपर्ने बताए ।

Navadurga sun
Godawari sandesh

समाजमा घटेका घटनालाई जनताको बीचमा सम्प्रेषण गर्नु पत्रकारिताको पहिलो धर्म भएको बताउँदै मुख्यमन्त्री भट्टले पत्रकारितालाई सफल तुल्याउन जनता र सरकारबीचमा पुलको काम गर्नुपर्नेमा जोड दिए ।

उनले भने ‘अहिलेको समयमा सहर तथा सदरमुकाममा मात्रै समाचार सङ्कलन गरेर नहुँदो रहेछ, गाउँघरमा के भइराखेको छ, त्यहाँ सरकारको ध्यान गएको छ कि छैन, त्यहाँका समस्या के हुन् र त्यहाँको नागरिकले के चाहना राखेको छ, यी यावत विषय पत्रकारले बाहिर ल्याइदियो भने सरकारलाई वा सरोकारवालालाई पनि काम गर्न सहज हुन्छ ।’

Loading...