तोकियो चैते धानको न्यूनतम समर्थन मूल्य

काठमाडौ- आरजु राईस मिलले किसान, प्राविधिक, संघीय, प्रदेश र स्थानीय पदाधिकारीको उपस्थितिमा चैते धानको न्यूनतम समर्थन मूल्य प्रति मन नौ सय रूपैयाँ तोकेको छ। धान मिलमा ल्याइएको दुई दिनभित्रै बैंकिङ प्रणालीबाट किसानको बैंक खातामा रकम जम्मा हुने सुनिश्चितता गरिएको छ।

Dadeldhura hospital

यसबाट किसानहरुको बैंकमा ‘क्रेडिट रेटिङ’ पनि बढ्ने छ। किसानलाई खेतीपातीका लागि चाहिने चालु पुँजीको जोहो पनि सजिलो हुनेछ।आरजु राईस मिलका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले नेपाली किसानबाहेक कहिँकतैबाट धान नभित्र्याउने बताए। उनले अर्बौ खर्बौको खाद्यान्न आयतलाई अब सबै मिलेर निरुत्साहित गर्नुपर्ने जानकारी दिए।

Navadurga sun
Godawari sandesh

‘खाद्यान्न आयतका नकारात्मक परिणाम थुप्रै छन्’ उनले भने, ‘विदेशी मुद्रा रित्तिनु, रोजगारमा कमीका साथै किसानका उत्पादनले सम्मानजनक मूल्य नपाउनु पनि हो।’  खेतीपातीको ४२ प्रतिशत धान खेतीले ओगटेको छ। यसमा पनि धेरैजसो वर्षे धान छ। धानको खेती दुई चोटी भएमा किसानको थप आम्दानी हुन्छ। अहिले धेरैजसो किसानले मोटो चामलको उत्पादन र उपभोक्ताले मसिनो र लङ ग्रेन चामल खानामा प्रयोग हुँदा बेमेल देखिएको छ।

आरजु राईस मिलले किसानहरूलाई उपभोक्ताको रोजाई अनुसार धानबाली लगाउन आग्रह गरेको छ। आरजु राईस मिल अबको केही सातामै सञ्चालन आउन लागेको छ। यसले स्थानीय स्तरमा रोजगारी वृद्धि र किसानका धानले उचित मूल्य पाउने सुनिश्चित गरेको छ।

 

Loading...