मृतकको मोबाइल भेटियो अभियुक्त खोज्दै प्रहरी

बैतडी- बैतडीको पञ्चेश्वर गाउँपालिका–४ कि मृतक २१ वर्षीया माया लुहारको मोबाइल फोन बैतडी प्रहरीले फेला पारेको छ। हत्यामा संलग्न भएको आरोप लागेका युवाले खोसेर राखेको भनिएको मोबाइल फोन प्रहरीले फेला पारेको हो।

Ganyapdhura gau

घटनाको अनुसन्धान गर्ने क्रममा युवती मृत भेटिएको ठाउँ शिवनाथ गाउँपालिका–६ भन्दा एक घण्टाको पैदल दूरीमा रहेको पञ्चेश्वर गाउँपालिका–४ मा मोबाइल भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उनले भने, “मृतक युवतीले प्रयोग गरिरहेको फोन फेला परेको छ। अभियुक्तले खोसेर राखेको भनिएको मोबाइल फोन प्रहरीले फेला पारिसकेको छ। फरार युवालाई बैतडी प्रहरीले छिट्टै समात्छ। हत्याको आरोप लागेका सशस्त्र प्रहरी बल नेपालमा कार्यरत युवा भरत कोलीको नाउँमा पीडित परिवारले किटानी जाहेरी दिएको छ।”

मङ्गलबार पञ्चेश्वर गाउँपालिका–३, कुलाउँ बजार गएकी माया लुहार शिवनाथ गाउँपालिका–६ स्थित मन्दिर नजिकै बुधबार मृत फेला परेकी थिइन्। मायाको घाँटी काटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो। मृतक मायासँगै भदै नाता पर्ने १५ वर्षीया नेहा लुहार घाइते अवस्थामा फेला परेकी थिइन्।

नेहाको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। हत्या घटना भएको स्थानभन्दा एक घण्टाको पैदल दूरी पञ्चेश्वर गाउँपालिका–४ मा मृतकको मोबाइल फेला परेपछि अनुसन्धानमा थप सहयोग पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

Couple
Loading...