काठमाडौँ- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक सयले घटेर ९७ हजार चार सय तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार पाँच सयमा कारोबार भएको थियो।



नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार नौ सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार रुपैयाँ थियो।


त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार दुई सय ८५ रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ। महासङ्घले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ।