विश्वकप फुटबलमा आजदेखि समूह चरणका अन्तिम खेल

काठमाडौँ- विश्वकप फुटबलमा आज समूहका अन्तिम चरणका खेल सुरु हुँदै छन्। अन्तिम चरणका खेलहरू समूहका सबै टोलीको एकसाथ हुनेछ। मंसिर ४ गते सुरु भएको विश्वकपमा समूहका दोस्रो चरणका खेल सोमबार रातिदेखि सकिएका छन्। तेस्रो चरणका खेलपछि हरेक समूहबाट दुई-दुई टोली अघिल्लो चरणमा प्रवेश गर्नेछन्।

Ganyapdhura gau

समूह विजेता र उपविजेताका रूपमा नकआउटमा पुग्ने टोलीले अर्को समूहसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। एउटा समूहका विजेता अर्को समूहका उपविजेतासँग भिड्नेछन्।

Navadurga sun
Godawari sandesh

तेस्रो चरणका खेलपछि समूहका विजेता र उपविजेता गरी १६ टोलीको टुंगो लाग्ने छ। यसअघि नै कतार र क्यानडा बाहिरिने निश्चित हुँदा पोर्चुगल, फ्रान्स र ब्राजिल भने नकआउटमा पुग्ने पक्का भइसकेको छ। बाँकी २५ टोलीमध्ये जुनसुकै १३ टोली अन्तिम १६ मा पुग्ने सम्भावना छ।

यस्तो छ खेल-तालिका

Dadeldhura hospital

समूह एका इक्वेडर र सेनेगल तथा नेदरल्यान्ड र कतारबीचको खेल आज राति ८:४५ बजे सुरु हुनेछ। समूह बीका खेलका लागि भने मध्यरात कुर्नु पर्नेछ। समूह बीको अन्तिम खेलमा इरान र अमेरिका तथा वेल्स र इङ्ल्यान्ड १२:४५ मा एकसाथ आमनेसामने हुनेछन्।

मंसिर १४
समूह डीका खेल साँझै हुँदा मध्यराति सीका खेल कुर्नु पर्नेछ। ट्युनिसिया र फ्रान्स तथा अस्ट्रेलिया र डेनमार्क राति ८ः४५ बजे भिड्नेछन्। तर समूह सीका अर्जेन्टिना र पोल्यान्ड तथा साउदी अरेविया र मेक्सीकोबिचको खेल भने राति १२ः४५ बजे सुरु हुनेछ।

मंसिर १५
समूह एफका खेल साँझ र समूह ईका खेल मध्यरातमा हुनेछन्। समूह एफका क्रोयसिया र बेल्जियम तथा क्यानडा र मोरक्कोबीचको खेल बेलुका ८ः४५ मा खेल्नेछन्। समूह ईका जापान र स्पेन तथा कोस्टारिका र जर्मनीबीचको खेल भने राति १२ः४५ बजे हुनेछ।

मंसिर १६
मंसिर १६ गते राति समूह चरणका खेल सकिनेछन्। त्यो दिन पनि एउटा समूहको खेल साँझै हेर्न पाइनेछ भने अर्को समूहको खेल हेर्न मध्यरातसम्म कुर्नुपर्नेछ।

समूह एचका दक्षिण कोरिया र पोर्चुगलबीचको खेल ८ः४५ बजे सुरु हुँदा त्यही समयमा घानाले उरुग्वेको सामना गर्नेछ। मध्यराति १२ः४५ बजे समूह जी का खेल हुनेछन्। सर्विया र स्विजरल्यान्ड तथा ब्राजिल र क्यामरुन भिड्नेछन्। लगत्तै अन्तिम १६ का खेल सुरु हुनेछन्।

Couple
Loading...