कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Dadeldhura hospital

धनगढी- कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका – १० अमखैयामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का ३६ वर्षीय टेकनाथ न्यौपानेको मृत्यु भएको हो ।

से ५ प १३६२ नम्बरको मोटरसाइकल दुर्घटनामा घाइते भएका न्यौपानेको सुख्खड स्थित घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Loading...