बडूले टिकट पाएपछि दार्चुला कांग्रेसमा असन्तुष्टि,नेता गिरीले छोडे पार्टी

धनगढी- नेपाली कांग्रेस दार्चुलाका पूर्व जिल्ला सचिव गौरिशंकर गिरीले पार्टी छोडेका छन्। टिकट वितरणमा असन्तुष्टि व्यक्त गर्दै उनी कांग्रेस (बीपी) मा प्रवेश गरेका हुन्। प्रतिनिधि सभा उम्मेदवारका लागि दार्चुलाबाट उनको नाम सिफारिस भएको थियो। कांग्रेसले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्र बडूलाई टिकट दिएपछि गिरी बाहिरिएका हुन्।

Ganyapdhura gau
Dadeldhura hospital

‘लामो समयदेखि पार्टीमा काम गरेपनि उचित मूल्यांकन भएन,’ उनले भने, ‘दार्चुलाको कांग्रेस नेतृत्व असमक्ष र नालायक निस्किएपछि पार्टी छाडेको हुँ।’ १० वर्षसम्म जिल्ला सचिव रहिसकेका गिरी पटक–पटक दार्चुलाबाट महाधिवेशन प्रतिनिधिसमेत चुनिएका थिए।

Navadurga sun
Godawari sandesh

कुनै बेला बडूका घनिष्टमा गनिने गिरीले चुनावको मुखमै पार्टी परित्याग गरेका हुन्। गठबन्धनमा संघतर्फ बडू र प्रदेश सभामा एक(एक सिट कांग्रेस र माओवादीले बाँड्ने भएका छन्।

Couple
Loading...