सुदूरपश्चिम प्रदेशकै मुख्य धार्मिक स्थल गोदावरीमा होमस्टे संचालन
गोदावरीलाई प्रदेशको ठुलो धामका रुपमा परिभाषित गर्न गोदावरी माता मन्दिर निर्माणको तयारी : भण्डारी


अत्तरिया- सुदूरपश्चिम प्रदेशकै मुख्य धार्मिक स्थल मानिने कैलालीको गोदावरी नगरपालिका-४ मा अवस्थीत गोदावरी धाममा गोदावरी धार्मिक सामुदायिक होमस्टे उद्घाटन शनिबार एक कार्यक्रमका विच गरिएको थियो भने सप्रोक्स नेपालको खाद्य सुरक्षा तथा जीविकोपार्जन सहयोग कार्यक्रम अन्र्तगत संचालित १ महिने होमस्टे तालीमको समापन समेत गरिएको थियो ।





गोदावरीमा धार्मिक पर्यटकिय स्थलहरुको अवलोकन तथा धार्मिक कार्यहरुका लागि आउने आन्तरिक तथा वाह्य पर्यटकियहरुलाई घरकै जस्तो शुद्ध खाना र बस्नको राम्रो व्यवस्थाका साथै पाहुनाहरुले गर्न चाहने योग, ध्यान, भजनकिर्तन लगायतका कार्यक्रममा सहजता हुने गरी होमस्टे संचालन गरिएको आयोजक गोदावरी धार्मिक सामुदायिक होमस्टेले जानाएको छ ।

धार्मिक क्षेत्र घुम्न आउने पाहुनाहरुलाई घरेलु वातावरणमा छु भन्ने महशुस गराउनका लागी होमस्टे सञ्चालनमा ल्याईएको गोदावरी धार्मिक सामुदायीक होमस्टेका सचिव चन्द्र बहादुर बिष्टले बताए । सुदूरपश्चिमा आउने धार्मिक पर्यटकहरुका लागि करिब २० वटा घरहरुबाट होमस्टे संचालनका लागि तयारी गरेको उनले बताए । कार्यक्रममा आएका पाहुनाहरुलाई होमस्टेका सल्लाहकार संयोजक यज्ञराज भाटले स्वागत गरेका थिए ।

गोदावरी नगरपालिका वडा नं.४ का वडा अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य प्रेम बहादुर भण्डारीको अध्यक्षता भएको उक्त कार्यक्रमका प्रमुख अतिथी आन्तरिक प्रर्यटन पुनरउत्थान समिति सुदूरपश्चिमका संयोजक एवम नाटा सुदूरपश्चिमका अध्यक्ष बरिष्ठ पर्यटन व्यवसायी माया प्रकाश भट्ट रहेका थिए ।
गोदावरी धामलाई सुदूरपश्चिमका सम्पुर्ण धार्मीक शक्तिपिठहरुको झ-झल्को दिने धामका रुपमा अगाडी बढाउन लागिएको गोदावरी नगरपालिका-४ का वडाध्यक्ष प्रेम बहादुर भण्डारीले बताए ।
भण्डारीले भने- ‘गोदावरीलाई प्रदेशको ठुलो धामका रुपमा परिभाषित गर्न गोदावरी माता मन्दिर निर्माणको तयारीको थालनी भएको छ । प्रदेशका सम्पुणर् शक्तिपिठहरुको झल्को दिने धाम बनाउनका लागी गोदावरी माता मन्दिर व्यवस्थापन समितिसँगै वडाको टिम पनि एकदम सक्रिय भएर लाग्ने बताए ।’
उक्त कार्यक्रममा बोल्दै भट्टले सुदूरपश्चिम धार्मिक एवम् पर्यटकिय क्षेत्रमा विशेष महत्व बोकेको क्षेत्र प्रदेश भएको धार्मिक पर्यटकहरुका लागि होमस्टे सञ्चालन गर्नु आफैमा महान कार्य भएको बताए ।
त्यसैगरी कैलाली होटल व्यवसायी संघका अध्यक्ष कलम बमले धर्मको रक्षा र कला संस्कृतिको जर्गेना गर्ने उद्देश्यले थालनी गरिएको कार्यको प्रसंश गर्दै होमस्टेकै माध्यमबाट लोप हुदै गईरहेका सुदूरपश्चिमका कला, संस्कृति एवम् रहनसहनको समेत जगेर्ना गर्न आवश्यक कदम चाल्ने बताए ।

बमले सप्रोक्स नेपालद्धारा आयोजित १ महिने होमस्टे सम्बन्धी तालीम लिएका व्यक्तिहरुलाई सिकेको सीपलाई व्यवहारमा लागु गरी सही सदुपयोग गर्न आग्रह समेत गरेका थिए ।



