सेती प्रादेशिक अस्पतालको सर्जिकल र इमर्जेन्सी वार्डमा पनि राखियो कोरोना संक्रमित

Dadeldhura hospital

धनगढी, ३ जेठ- सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि ७४ शय्या थप गरिएको छ । यसअघि ६१ बेडमा कोरोना संक्रमितको उपचार गरिरहेको अस्पतालको प्रशासनले सोमबारदेखि १३५ बेड पुर्याएको हो । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले अन्य बिरामी नभएपछि सर्जिकल वार्डका ४० र इमर्जेन्सी वार्डमा भएका ३४ बेड पनि कोरोना संक्रमितको उपचारका लागि प्रयोग गर्न थालिएको बताए ।

यसअघि कोरोना उपचार भवनमा रहेका ६१ बेडमा मात्रै संक्रमितलाई राख्ने व्यवस्था थियो । जसमध्ये १६ आइसियू बेड छन् । अहिले सेती प्रादेशिक अस्पतालले कोरोना संक्रमित, इमर्जेन्सी, प्रसूति, इमर्जेन्सी अपरेसन बाहेकको सेवा बन्द गरेको छ । सूचना अधिकारी श्रेष्ठले अस्पतालको प्रांगणमै रहेका संक्रमितहरूलाई बेडको सुविधा पुर्‍याउन यस्तो गरिएको बताए ।

Loading...