सुदुरपश्चिम प्रदेशका दुई मन्त्रालयको जिम्मेवारी मन्त्री प्रकाशबहादुर शाहलाई

धनगढी, १ जेठ- सुदुरपश्चिम प्रदेशका दुई मन्त्रालयको जिम्मेवारी एउटैलाई दिइएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री समाल्दै आएका प्रकाशबहादुर शाहले अर्को मन्त्रालय आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका प्रकाश बहादुर शाहलाई मुख्यमन्त्री त्रिलोचन भट्टले अर्को मन्त्रालयको जिम्मेवारी दिएका हुन ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

त्यस्तै मुख्यमन्त्री त्रिलोचन भट्टले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयसँगै भौतिक पूर्वाधार विकास मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै आएका छन् ।

यसअघि भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरिएको थियो भने आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले मन्त्री पदबाट राजीनामा दिएका थिए । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुदूरपश्चिमको शान्ति सुरक्षामा काम नगरेका गुनासा आईरहेका बेला मुख्यमन्त्रीले महत्वपूणर् मन्त्रालयको जिम्मेवारी पाएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले आफ्नो वेवसाइटमा पनि आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश बहादुर शाह भनेर समेत अद्यावधिक गरेको छ ।

Loading...