लिपुलेक र लिम्पियाधुरामा पुर्‍यायो नेपाल टेलिकमले फोरजी

दार्चुला- नेपाल टेलिकमले दार्चुलाको विकट स्थान छाङरुमा बुधबार फोरजी सेवा शुभारम्भ गरेको छ। त्रिदेशीय सीमाना पर्ने दार्चुलाको ब्यास गाउँपालिकामा अवस्थित छाङरुमा टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी जडान गरेर उक्त सेवा सञ्चालनमा ल्याएको हो।

यो सँगै टेलिकमको फोरजी सेवा पश्चिम नेपालको अन्तिम सीमानासम्म पुगेको बताइएको छ। फोरजी सेवाका लागि टेलिकमले दार्चुला जिल्लाको महाकाली नगरपालिकास्थित न्यू बाला शिखरस्थित रिपिटर स्टेशनबाट व्यास गाउँपालिकाको ब्रम्हलेकसम्म माइक्रोवेभ रेडियो लिंकमार्फत र त्यहाँबाट ज्याक्ती हुँदै छाङरुसम्म आवश्यक नेटवर्क निर्माण गरेको हो।

Navadurga sun

ज्याक्ती र छाङरुका लागि आवश्यक उपकरण दार्चुलाको खलंगादेखि हेलिकप्टरबाट ४५ किलोमिटरको एरियल डिस्टेन्समा ढुवानी गरिएको थियो। यो सेवा विस्तारसँगै छाङरुमा रहेका करिब १२० घरधुरी र ७०० जनसंख्या तथा अन्य क्षेत्रका गरी करिब ४ हजार जनसंख्या प्रत्यक्ष लाभान्वित हुने बताइएको छ।

अब छाङरुको वरिपरि रहेका लिपुलेक, कालापानी र लम्पियाधुरा क्षेत्रका गुन्जी, नाभी र कुटी तथा टिंकरलगायतका क्षेत्र र सीमानासम्म फोरजीको पहुँच पुगेको टेलिकमले बताएको छ। टेलिकमले सञ्चालनमा ल्याएको सो क्षेत्रमा ब्यान्ड २० अर्थात् ८०० मेगाहर्जमा मोबाइलमार्फत भ्वाइस र डाटा चलाउन सकिन्छ। यो स्थानमा सशस्त्र प्रहरीको बेस क्याम्प तथा नेपाल सरकारका अन्य विभिन्न कार्यालय समेत रहेका छन्।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...