कञ्चनपुरका पाँच स्थानीय तहमा जैविक तटबन्ध निर्माण

कञ्चनपुर, ३१ बैशाख- कोरोना कहरबीच कञ्चनपुरका पाँच स्थानीय तहमा जैविक तटबन्ध निर्माण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको एमरेड परियोजनाअन्तर्गत स्थानीय तहहरुसँगको साझेदारीमा जैविक तटबन्ध निर्माण गरेको हो । पाँच स्थानीय तहमा तीन हजार ४०० मिटर जैविक तटबन्ध निर्माण गरिएको परियोजनाका अधिकृत महेश घिमिरेले बताए ।

Dadeldhura hospital

घिमिरेका अनुसार लालझाडी गाउँपालिकाको दोदा नदीमा एक हजार ८००, कृष्णपुर नगरपालिकामा दोदा र वनहरा नदीमा ५५० मिटर, शुक्लाफाँटा नगरपालिकाको स्याली नदीमा ३०० मिटर, पुनर्वास नगरपालिकाको दोदा नदीमा ६०० मिटर र बेलौरी नगरपालिकाको १५० मिटर जैविक तटबन्ध निर्माण गरिएको छ । जैविक तटबन्ध निर्माणका लागि ५८ लाख ८९ हजार १३० रुपैयाँ लगानी गरिएको छ । जसमध्ये परियोजनाको तर्फबाट २३ लाख ७९ हजार ६१३, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच लाख ४१ हजार ५३१ रुपैयाँ लगानी गरिएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

यसैगरी स्थानीय तहको तर्फबाट २६ लाख ४३ हजार ५५ र समुदायको तर्फबाट ३२ लाख २५ हजार ४७५ रुपैयाँ लगानी गरिएको छ । जैविक तटबन्ध निर्माण कार्यबाट दुई हजार ६ जनाले प्रत्यक्ष रुपमा रोजगारी समेत पाएका छन् । जैविक तटबन्ध निर्माणले गत वर्ष भू-क्षय हुँदै आएको २५ बिघा जग्गा संरक्षण भएको छ । नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरका कोषाध्यक्ष थीरेन्द्रचन्द्र भट्टका अनुसार २०६५ सालको विनासकारी बाढीबाट क्षति भएपछि जैविक तटबन्धको अवधारणा अघि सारिएको बताए ।

Loading...