मौरीफाँटामा दुर्घटना हुँदा २ जनाको मृत्यु

कञ्चनपुर, ३१ बैशाख- जिल्लाको मौरीफाँटामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । कृष्णपुर नगरपालिकाको वडा नं. ६ मा पर्ने मौरिफाँटामा ट्रयाक्टरले मोटरसाईकललाई ठक्कर दिदाँ दुई जनाको मृत्यु भएको छ ।

Dadeldhura hospital

प्रहरीका अनुसार से १ त ४४४१ नम्बरको ट्रयाक्टरले से ३ प ३००५ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकलमा सवार सोही ठाउँका ३० वर्षिय सुरेश जप्रेल र २८ वर्षिय प्रकाश रोकायाको मृत्यु भएको हो ।

Navadurga sun
Godawari sandesh

ट्रयाक्टरको ठक्करवाट गम्भीर घाईते भएका उनिहरुलाई उपचारका धनगढी पठाएकोमा दुवै जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रयाक्टर चालक फरार रहेकोकाले खोजी कार्य भैरहेको छ ।

Loading...