कृष्णपुर-१ पहरियामा अस्थायी प्रहरी विट संचालनमा

अत्तरिया– कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. १ पहरियामा अस्थायी प्रहरी बिष्ट संचालनमा आएको छ। असई मान बहादुर कार्कीको कमाण्डमा ६ जना प्रहरी सहितको प्रहरी बिट स्थापना भएको हो ।

कार्यक्रम कृष्णपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन बहादुर बस्नेतको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा रहनु भएको थियो ।

Navadurga sun

कार्यक्रममा प्रमुख अतिथी रहनु भएको नगर प्रमुख ओझाले आवश्यकता पर्ने सामानहरु नगरपालिकाबाट उपलव्ध गराउने बताए । उनले चुरे भेगको कुन ठाउँमा गौशाला निर्माण गर्दा आवश्यक पर्छ छलफल गरेर सहमति जुटाउनु होला त्यस बिषयमा पनि काम गर्ने बताए ।

कृष्णपुर नगरपालिका वडा नं. १का वडावासीको सुरक्षालाई मध्यनजर गर्दै पहरिया जय शंकर सामुदायिक वन उपभोक्ता समिति समूहको भवनमा अस्थायी प्रहरी बिट संचालनमा आएको छ । नगर प्रमुख ओझा निर्वाचित भएपछि नगरपालिका भित्रको यो दोश्रो अस्थायी प्रहरी बिट हो । यसभन्दा अगाडी कैलाली र कञ्चनपुरको सिमाना रहेको मोहन चोकमा अस्थायी प्रहरी बिट संचालनमा आइसकेको छ ।

यसरी अस्थायी प्रहरी बिट संचालनमा आएपछि स्थानीय बासीले नगर प्रमुखको सक्रिय र कार्यप्रती खुलेर प्रशंसा समेत गरेका छन् । पहरिया अस्थायी प्रहरी बिट संचालनमा ल्याउन सहयोग गर्नुहुने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्याम सिंह चौधरी लगायत सम्पूर्ण वडावासीमा नगर प्रमुख ओझाले धन्यवाद ज्ञापन समेत गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...