हात्तीको आक्रमणमा मारिएकाको परिवारलाई दिइयो क्षतिपूर्ति

कञ्चनपुर – जंगली हात्तीको आक्रमणबाट मृत्यु भएकी शुक्लाफाँटा नगरपालिका-७ की १८ वर्षीय मिना जोशीका परिवारलाई १० लाख रूपैयाँको चेक आज हस्तान्तरण गरिएको छ।

राष्ट्रिय प्रकृति कोषमार्फत उपलब्ध भएको उक्त रकमको चेक मृतकका बुवा कालुराम जोशीलाई प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले हस्तान्तरण गरेका छन्।

Navadurga sun

गत भदौ १३ गते शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्तीले घरमै रहेका वेला मिनालाई आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो। यसअघि मृतकका परिवारलाई कोषले किरिया खर्चवापत ५० हजार रकम उपलव्ध गराएको थियो।

चेक हस्तान्तरणमा प्रमुख जिल्ला अधिकारी अर्यालसहित निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहता, मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष लव बिष्टलगायत उपस्थित थिए।

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ अनुसार वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति भए आश्रित परिवारलाई क्षतिपूर्तिवापत रकम उपलव्ध गराउने प्रावधान छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...