कैलालीमा बैंक तथा वित्तीय सेवा बन्द, एटीएम सेवा मात्र खुल्ला


अत्तरिया, २८ बैशाख- कैलाली जिल्लामा बैंक तथा वित्तीय संस्थाको सबै सेवा बन्द गरिने भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र कैलालीले राजस्व दाखिला र सरकारी कारोबार बाहेक बैंक तथा वित्तीय संस्थाको सबै सेवा बन्द गर्ने निणर्य गरेको हो ।



बैंक तथा वित्तीय संस्थाहरुले अत्यावश्यक भुक्तानीको लागि एटीएम तथा विद्युतीय प्रणालीबाट सेवा प्रवाहको समुचित प्रबन्ध गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिएका छन् ।


नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीहरुले कार्यालयले जारी गरेको परिचय-पत्रको आधारमा आवतजावत गर्न सक्ने बताइएको छ । निणर्य मंगलबार राति १२ बजे देखि लागु हुने जनाइएको छ ।



