कोरोनाबाट मृत्यु हुनेमा झण्डै ६० प्रतिशत ज्येष्ठ नागरिक

काठमाडौं, २८ वैशाख- नेपालमा मंगलबार एकैदिन २२५ जना कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।

Dadeldhura hospital

जसमध्ये सबैभन्दा बढी मृत्यु हुनेमा ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक रहेका छन् । यो संख्या कुल मृतक संख्याको ५८.३९ प्रतिशत हो ।

godawari10 Mahila hinsa
Navadurga sun

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० वर्ष भन्दा माथि उमेर समूहका २ हजार ३ सय ८५ जनाको मृत्यु भएको छ । ५०-५९ वर्ष उमेर समूहका ७ सय १७ जनाको मृत्यु हुँदा ४०-४९ वर्ष उमेर समूहका ५ सय १४ छन् ।

३०-३९ वर्ष उमेर समूहका २ सय ९७, २०-२९ वर्ष उमेर समूहका १ सय १८, १०-१९ वर्ष उमेर समूहका २६ र ९ वर्षमुनिका २७ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

Loading...