कञ्चनपुरका निर्माण व्यवसायी भट्टको निधन

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरका निर्माण व्यवसायी इश्वरी भट्टको निधन भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१८ घर भएका उनको शनिवार काठमाडौंस्थित ह्याम्स अस्पतालमा निधन भएको हो। ह्रदयघातका कारण उनको निधन भएको आफन्तले बताएका छन्।

अन्दाजी ४७ वर्षीय भट्टको निर्माण कम्पनीले कैलालीको अत्तरिया–मोहना ५ लेनमा काम गर्दै आएको छ। उनी नेपाली काँग्रेसबाट राजनीतिमा पनि सक्रिय थिए।

Loading...