

कञ्चनपुर, ३० साउन– कृषि पत्रकार महासंघ कञ्चनपुरको अध्यक्षमा ऐश्वर्या कुँवर चयन भएकी छिन । कृषि पत्रकार महासंघ कञ्चनपुरको सोमबार भएको जिल्ला भेलाबाट अध्यक्षमा कुँवर चयन भएकी हुन ।





उपाध्यक्ष खडक बहादुर कोली, सचिव गोकुल जोशी, सह सचिव जुद्ध चौधरी, कोषाध्यक्ष आशा चौधरी, सदस्यमा मदन नेपाली, पप्पु गुरुङ्ग, देवेन्द्र खडका र गौरब विष्ट चयन भएका छन ।


कृषि पत्रकार महासंघले कृषिसंग सम्बन्धीत किसानका समस्या उठान गर्दै किसानलाई बढि भन्दा बढि राहतका लागि प्रयास गर्नेछ ।

कृषि पत्रकार महासंघ कञ्चनपुरको अध्यक्षमा चयन भएकी पत्रकार ऐश्वर्या कुँवरले जिल्लाका किसानका समस्या पहिचान गरेर समाधानका लागि संचार माध्यमबाट उजागर गर्ने बताईन । पत्रकार कुँवर आभाषकुञ्ज दैनिकमा कार्यरत छिन । कृषि पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष हिमेश विकको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिह धामी प्रमुख अतिथि रहेका थिए ।

