

अत्तरिया, २५ साउन– सामुदायिक वन उपभोक्ता समिति कञ्चनपुरको १८औं वार्षिक साधारण सभा कृष्णपुर नगरपालिका २ वाणीमा सम्पन्न भएको छ । उक्त साधारण सभामा कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा प्रमुख अतिथि रहनु भएको थियो ।



प्रमुख अतिथि रहनु भएको ओझाले उक्त कार्यक्रममा बोल्दै सामुदायिक वनको बृहत्तर हितका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए ।


उक्त साधारण सभामा सामुदायिक वन उपभोक्ता समिति कञ्चनपुरका अध्यक्ष शिवदत्त पन्त सभापति रहनु भएको थियो भने विशिष्ट अथितिमा जिल्ला वन कञ्चनपुरका अधिकृत (डिएफो )सम्भु प्रसाद तिवारी, कुण्डा सब डिभिजनका प्रमुख दिनेश कुमार यादव, सामुदायिक वन उपभोक्ता महासंघ कञ्चनपुरकी अध्यक्ष लक्ष्मी साउँद, विभिन्न सामुदायिक वनका अध्यक्ष, कृष्णपुर नगरपालिका २ का अध्यक्ष अर्जुन सिंह साउँद, शुक्लाफाँटा नगरपालिका वडा न ८ का अध्यक्ष बहादुर सिंह महरा, ११ का अध्यक्ष शेर बहादुर साउँद, विभिन्न वडाका वडाध्यक्षहरु लगायतको उपस्थित रहेको कार्यक्रमको सन्चालन सामुदायिक वन समन्वय समितिका सचीव नरेश राज भट्टले गरेका थिए ।

