चीनमा भेटियो नयाँ भाइरस !

काठमाडौँ- कोरोना भाइरसको महामारी जारी नै रहेको बेला चीनमा नयाँ भाइरस भेटिएको छ । जनावरबाट उत्पन्न नयाँ प्रकारको हेनिपा भाइरस देखिएको हो । भाइरसबाट अहिलेसम्म सानडोङ र हेनान प्रान्तमा मानिसहरूलाई संक्रमित गरेको छ । पूर्वी चीनका ज्वरोका बिरामीहरूको थ्रोट स्वाब नमूनाहरूमा उक्त भाइरस फेला परेको ग्लोबल टाइम्सले जनाएको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

यो भर्खरै पत्ता लागेको हेनिपा भाइरस ज्वरोका केससँग सम्बिन्धत रहेको यस भाइरसको अध्ययनमा भाग लिने विद्वानहरूले बताएका छन् । यो भाइस जनावरबाट आएको हुन सक्ने उनीहरुको भनाइ छ ।

Navadurga sun
Godawari sandesh

संक्रमित व्यक्तिहरूमा ज्वरो, थकान, खोकी र वाकवाकी जस्ता लक्षण देखिने गरेका छन् । यो संक्रमणबाट अहिलेसम्म चीनम ३५ जना संक्रमित भएको जनाइएको छ ।

Loading...