धनगढीको क्याम्पस टोल सिल

धनगढी, २२ बैशाख- कैलालीको धनगढी उप-महानगरपालिका वडा नं. १८ को क्याम्पस टोल सिल गरिएको छ । उक्त टोलमा कोरोना संक्रमण फैलिएको भन्दै वडा कार्यसमितिले सो टोल सिल गर्ने निणर्य गरेको हो ।

मंगलबार सोही टोलका १ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । मृतककै घरका ४ जनामा पनि कोरोना संक्रमण देखिएपछि टोल सिल गरिएको वडा अध्यक्ष मुरारी अधिकारीले बताए ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...