घाटीमा ट्युमर भएका असाहय युवकको मित्र समाजले गर्‍यो उद्दार

कञ्चनपुर, १ चैत– मित्र समाजले घाटीमा ट्युमर भएका एक असाहय युवकको उद्दार गरेको छ । मित्र समाज कञ्चनपुरले मंगलबार घाटीमा ट्युमर भएका एक असाहय युवकको उद्दार गरेको हो ।

Dadeldhura hospital

तिन चार दिन देखि अलपत्र अवस्थामा रहेका अछामको पायल घर बताउने अर्जुन नामका ४५ बर्षिया युवकको उद्दार गरेर सेती प्रादेशिक अस्पताल पठाएको छ ।

Navadurga sun
Godawari sandesh

मित्र समाज कञ्चनपुरका अध्यक्ष जितेन्द्र रावल सहितका युवाहरुले अलपत्र परेका युवालाई स्थानीय वाणी अस्पतालमा उपचार गरेर थप उपचारका लागि एम्बुलेन्स मार्फत सेती प्रादेशिक अस्पताल पठाएको छ ।

Loading...