मगर संघ दिवसको अवसरमा अत्तरियामा र्याली





अत्तरिया, १५ फागुन- नेपाल मगर संघले आफ्नो ४० औं दिवसको अवरमा कैलालीको अत्तरिया बजारमा र्याली निकालिएको छ । नेपाल मगर संघको आयोजनामा भएको उक्त र्याली गोदावरी नगर कार्यसमितिको कार्यालय परिसरमा पुगेर कार्यक्रममा परिणत भएको छ ।


अत्तरिया बजारमा निकालिएको र्यालीका क्रममा उनीहरुले ‘सम्पूणर् मगरहरु एक हौं’, ‘प्रथम शहीद क्या. लखन थापामगर-अमर रहुन’, ‘४० औं मगर स्थापना दिवस सफल पारौं – सफल पारौं’, ‘नेपाल मगर विद्यार्थी संघ- जिन्दाबाद’, ‘जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व गरौं’, ‘मगर हुनुमा गर्व गरौं’ लगायतका नारा लगाएका थिए ।

