सुदूरपश्चिम खप्तड गोल्डकपको खेल तालिका सार्वजनिक गर्यो (खेल तालीका सहित)





धनगढी, ११ फागुन– पाँचौ संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । सार्वजनिक भएको खेलतालिका अनुसार उद्घाटन खेलमा मनाङ मस्र्याङ्दी क्लब र दिल्ली फुटबल क्लब खेल्ने भएका छन् ।



आयोजक सुदूरपश्चिम-११ स्पोर्टस क्लबका महासचिव प्रकाश शाहीका अनुसार प्रतियोगितामा मनाङ र दिल्ली सहित हिमालयन शेर्पा क्लब, नव जन जागृति युवा क्लब सिमरा, आयोजक सुदूरपश्चिम-११ धनगढी, क्यामरुनको अवेनिरी फुटबल क्लब, फ्रेन्ड्स क्लब काठमाडौं, वाग्मती युथ क्लब, न्युरोड टिम एनआरटी र मछिन्द्र क्लबले प्रतिस्पर्धा गर्नेछन् ।


मोफसलको सर्वाधिक पुरस्कार राशीको खप्तड गोल्डकपको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम-११ स्पोर्टस क्लब धनगढीको आयोजनामा प्रतियोगिता यही आउँदो फागुन १९ देखि २८ गतेसम्म हुने भएको छ ।




