धनगढीमा रहेको माया मेट्रो अस्पतालले मुटु रोगको उपचार र न्यूरो सर्जरी सेवा सुरु गर्‍यो

धनगढी– धनगढीको माया मेट्रो अस्पतालले मुटु रोगको उपचार र न्युरो सर्जरी सेवा विस्तार गरेको छ । अस्पतालले शनिबार देखि २४ सै‌ं घण्टा मुटु रोगको उपचार र न्युरो सर्जरी सेवा विस्तार गरेको हो । त्यस्तै उक्त्त अस्पतालले विभिन्न सेवाहरु समेत दिँदै आएको अस्पतालले शनिबारदेखि मुटु रोगको उपचार र न्युरो सर्जरी सेवा दिन थालेको जनाएको छ ।

Ganyapdhura gau

अस्पतालका अनुसार पूर्णकालीन रुपमा उक्त सेवा सुरु भएको हो । गंगालाल अस्पतालबाट मुटु रोग विशेषज्ञ डाक्टर कृष्णचन्द्र अधिकारी र वीर अस्पतालका डाक्टर हरि पौडेलले मुटु रोग सम्बन्धीका सेवाहरु प्रदान गर्ने छन् ।

Navadurga sun

अस्पतालका अनुसार आइतबार २ गतेदेखि ६ गतेसम्म मुटु र न्यूरो सम्बन्धिको ओपिडी सेवा नि:शुल्क प्रदान गर्ने भएकाे छ । अस्पतालले मुटु रोगका विभिन्न सेवाहरु प्रदान गर्ने छ ।

Dadhaldhura pur

छातिको माथिल्लो भाग दुखेको, स्वाँ स्वाँ हुने, मुटु दुखेको, हात खुट्टा सुन्निने, मुटुको रोग छ , छैन भनि पत्ता लाउन परेमा, मुटुको वाथ रोग भएका र भल्भको अप्रेशन गरेका को फलो अप को लागी, हृदय घात भएका र हृदयघात जोखिम भएका (प्रेसर, सुगर, कोलेस्ट्रेल, बढ्दो उमेर, परिवारमा हृदय घात भएका) हरुको चेकजाच वा परामर्श गरिने अस्पताले जनाएको छ ।

त्यस्तै मुटुको ढुकढुकी बढेको र मुटुको चालको गडबढी भएको वा त्यसको लागी अप्रेशन गरेको फलो अपको लागी, जन्मजात मुटुको रोग छ र छैन भनी पत्ता लाउन परेमा वा जन्मजात मुटुको रोगको लागि अप्रेशन गरेका को फलो अपको लागी, साइन्ट मुटुमा जाली हालेका को फलो अपको लागी, पछि हुने सम्भावित मुटुको रोग बचावटको परामर्श जस्ता सेवा प्रदान गरिने छन् ।

त्यसैगरी मुटुको बाइपास अप्रेशन गरेका को फलो अपको लागी, पेसमेकर हालेका को फलो अपको लागी, कुनै पनि मुटुको समस्याको लागी गंगालाल र विर अस्पताल वा अन्य अस्पतालमा देखाईरहेका को फलो अप लगायत सम्पुर्ण मुटु रोग सम्बन्धि चेकजाच गरिने अस्पतालको भनाई छ । साथै न्यूरो सर्जरी सम्बन्धीका विभिन्न सेवा पनि प्रदान गरिने छन् ।

खटाउको तथा दिमाकमा चोट लागेको, टाउको मा रगत जमेको, ढाडमा चोट लागेको, बे«न ट्युमर, दिमागमा रगतको गुच्छा बनेको , घाटी तथा ढाडमा नशा च्यापिएको लगायत न्यूरो सम्वन्धि सम्पुर्ण सल्यक्रिया गरिन्छ । त्यसै गरि टाउको दुख्ने, हातखुट्टामा कमजोरी, झमझम हुने, प्यारालाईसिस मृगि, छारे रोग, दिमागमा पानी जमेको लगायतको उपचार तथा परामर्श लगायतका सेवा अस्पताले प्रदान गर्ने भएको हो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...